News मोरक्कोमा नेक्सस संकटाको दोस्रो हार
गोलनेपाल

काठमाडौं । मोरक्कोको रबत शहरमा जारी वल्र्ड स्कुल फुटबल च्याम्पियनसिपमा नेपालबाट सहभागि नेक्सस संकटा क्लबको यु–१६ टोलीले समूह चरणको दोस्रो खेलमा पनि हार बेहोरेको छ ।

आफ्नो पहिलो खेलमा युगाण्डाको अमुस कलेजसँग २६–१ को अन्तरले पराजित संकटाले दोस्रो खेलमा फ्रान्सको यु–१८ टोलीसँग १२–० को अन्तरले पराजित भएको छ । योसँगै संकटाले प्रतियोगितामा दुई खेलमै ३८ गोल खाएको छ ।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनको आयोजनामा जारी प्रतियोगितामा विश्वभरिबाट कुल ३२ टोलीहरले सहभागिता जनाईरहेका छन् । प्रतियोगिता जुलाई ३१ तारीखसम्म चल्नेछ ।

 

Post Comments