News पारोसँग भिड्ने मच्छिन्द्रको 'सोलिड' टिम तयार
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ पहिलो चरणको खेल खेल्ने तयारीमा रहेको मच्छिन्द्र फुटबल क्लबले त्यसका लागि आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।

मच्छिन्द्रले आउँदो अगस्त ८ तारीख (साउन २३ गते) का दिन भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग एएफसी कपको प्रारम्भिक छनौटतर्फ पहिलो चरणको खेल खेल्दैछ । जुन खेल दशरथ रंगशालामा हुने तय पनि भईसकेको छ ।

मच्छिन्द्रले सोही खेलका लागि २३ सदस्यीय फाइनल स्क्वाड पनि घोषणा गरिसकेको छ । क्लबले एएफसी कप कै लागि भनेर आठ खेलाडीहरुलाई लोनमा पनि भित्राएको छ । जसमा आयुष घलान (संकटा), रोहित सुब्बा (खुमलटार), रेजिन सुब्बा (खुमलटार), मेसुके ओलुमु (खुमलटार), सनिस श्रेष्ठ (एपिएफ), आशिष चौधरी (चर्च ब्वाईज), एरिक बिष्ट (चर्च ब्वाईज) र लाकेन लिम्बु (थ्रीस्टार) रहेका छन् ।

त्यस्तै मच्छिन्द्र र पारो बीच दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य पनि तय गरिएको छ । जसअनुसार दर्शकहरुका लागि सामान्यतर्फ २ सय र भिआईपीतर्फ ५ सय टिकट दर तोएिको छ ।

मच्छिन्द्रको फाइनल स्क्वाडः

गोलकिपर्सः बिशाल श्रेष्ठ, प्रदिप भण्डारी

डिफेन्डर्सः ओमोलजा करिम, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दिवाकर चौधरी, छिरिङ गुरुङ, सुरज बिक

मिडफिल्डर्सः आन्द्रेज निया, दिपेश घले, उत्सव राई, एरिक बिष्ट, लाकेन लिम्बु

फरवार्डसूः बिमल घर्ती मगर, आयुष घलान, आशिष चौधरी, ओलावाले आफिज, मेसुके ओलुमु, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, रेजिन सुब्बा, बिजय भुजेल

Post Comments