News जोगियो अर्जेन्टिना
गोलनेपाल

काठमाडौं । फिफा महिला विश्वकपतर्फ आफ्नो पहिलो खेलमा इटालीसँग १–० ले पराजित अर्जेन्टिनाले शुक्रबार दोस्रो खेलमा सम्भावित हारबाट जोगिएको छ । समूह जी तर्फ न्युजिल्याण्डको डुनेडिन शहरमा भएको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग २–२ को बराबरी खेल्दै अंक खोसेको हो ।

खेलको ३०औं मिनटमा लिन्डा मोतिहालोको गोलबाट दक्षिण अफ्रिकाले खेलमा अग्रता बनाएको थियो । ६६औं मिनटमा क्रिष्टिना थेम्बीले त्यो अग्रता दोब्बर पारिन् । तर अर्जेन्टिनाले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो ।

७४औं मिनटमा सोफी ब्राउनले अर्जेन्टिनाका लागि पहिलो गोल गरिन् भने त्यसको पाँच मिनट लगतै रोमिना नुनेजले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् । यो नतिजापछि पहिलो अंक जोड्न सफल अर्जेन्टिना र दक्षिण अफ्रिका दुवैको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।

समूह चरणको अन्तिम खेलमा अगस्त २ तारीखका दिन अर्जेन्टिनाले स्वीडेनको सामना गर्नेछ भने इटालीले दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यसअघि इटाली र स्वीडेन समूह चरणको आफ्नो दोस्रो खेलतर्फ शनिबार आमने सामने हुँदैछन् ।

समूह जी मा ३–३ अंक जोडेका स्वीडेन र इटाली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै १–१ अंक जोडेका दक्षिण अफ्रिका र अर्जेन्टिना क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ffifawomensworldcup%2Fposts%2Fpfbid035GDxKL8h8A7FrB8wPJcVkTRBah55xZuJuoU8yxWnHWS8PfYnxzfbhvhNwc4KK5jfl&show_text=true&width=500" width="500" height="250" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments