News
लुम्बिनी प्रदेशबाट यु–१६ का ४६ खेलाडीहरु छनौट (नामावलीसहित)
घोराही । यु–१६ देशव्यापी खुला छनौट कार्यक्रम अन्तरगत लुम्बिनी प्रदेशबाट ४६ खेलाडीहरु अन्तिम चरणका लागि छनौट भएका छन् ।
दाङ स्थित घोराही भरतपुर खेलमैदानमा भएको प्रदेशस्तरीय छनौट कार्यक्रममा कुल ११३ खेलाडीहरु विभिन्न जिल्लाहरुबाट छनौट भई आएका थिए । जसमा उत्कृष्ट ४६ खेलाडीहरु अन्तिम चरणका लागि छनौट भएको लुम्बिनी प्रदेशका फुटबल प्रशिक्षक यम प्रसाद गुरुङले बताए ।
त्यस्तै अन्तिम चरणको छनौट कार्यक्रममा यही साउन १६ देखि २० गतेसम्म काठमाडौंमा हुने पनि प्रशिक्षक गुरुङले जानकारी दिए ।
स्मरणीय छ, आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१६ टोली तयार पार्न देशैभरीबाट खुला छनौट गर्न आफू मातहतका जिल्ला र प्रदेश फुटबल संघहलाई निर्देशन दिएको थियो ।

Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा