News एन्फा बैठकमा ६ एजेन्डा थप्न केन्द्रिय सदस्य चन्दको पत्र (पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यही साउन १९ गते हुने कार्यसमिति बैठकमा एन्फाका केन्द्रिय सदस्य रबिन्द्र चन्द ठकुरीले थप ६ एजेन्डाहरु थप्न एन्फालाई पत्राचार गरेका छन् । चन्दले एन्फाको विधान ३९ को (३) अनुसार बैठकमा थप एजेन्डाहरु थप्न एन्फा अध्यक्षलाई सम्वोधन गरी पत्राचार गरेका हुन् ।

चन्दले थपेका एजेन्डाहरुमा कतार विश्वकपको टिकट सम्बन्धी, आन्तरिक अडिट रिपोर्ट सम्बन्धी, एन्फाको बजेट र गत फागुनको विवादित र अवैधानिक बैठकको निर्णयबारे छलफल गर्ने कुराहरु सामेल छन् । यो एजेन्डासँगै एन्फा महासचिवको राजिनामालाई लिएर फेरि बहस चल्ने देखिएको छ ।

गत फागुनमा पनि महासचिवको राजिनामालाई लिएर विवाद चर्किदा अधिकांश एन्फा कार्यसमितिका सदस्यहरुले बैठक छाडी छुट्टै पत्रकार सम्मेलन गरेका थिए । त्यसो त साउन १९ गते हुने बैठकमा एन्फा कै अर्का केन्द्रिय सदस्य अनिल मल्लले पनि महासचिवको राजिनामाबारे कुरा उठाउने बताइएको छ ।

हेर्नुहोस एन्फाका केन्द्रिय सदस्य चन्दले पठाएको एजेन्डा पत्रको पूरा रुपः

 

Post Comments