News मनिष डाँगीले थाई लिग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय खेलाडी मनिष डाँगी थाइल्याण्डको दोस्रो डिभिजनको टोली रायोङ फुटबल क्लबमा अनुवन्धित भएका छन् । मनिष रायोङमा अनुवन्ध भएको कुरा क्लबले पनि आधिकारिक रुपमा पुष्टी गरिसकेको छ ।

गत सिजन रायोङले थाइ लिग २ मा लिगतालिकाको सातौं स्थानमा रहेर सिजनको समापन गरेको थियो । देशबाहिर मनिषको यो दोस्रो व्यवसायीक क्लब समेत हो । उनले यसअघि बहराईनी क्लब एतिहाद अल रिफबाट पनि खेलेका थिए । त्यस्तै घरेलु फुटबलमा भने उनले गत सिजन संकटाका लागि खेलेका थिए ।

त्यसैगरी मनिषले रायोङका लागि डेब्यु समेत गरिसकेका छन् । हाल प्रिसिजन टुरमा रहेको रायोङले कम्बोडियन क्लब नागावल्र्ड एफसी विरुद्ध खेल्दा मनिषले पनि डेब्यु गरेका थिए । सो खेलमा रायोङ २–१ ले विजयी भएको थियो । साथै खेलमा मनिषले एक गोलका लागि अवसर पनि मिलाइदिएका थिए ।

योसँगै थाइल्याण्डमा व्यवसायीक फुटबल खेल्ने मनिष पहिलो नेपाली खेलाडी समेत बनेका छन् । थाई लिग २ को नयाँ सिजन यही अगस्त ११ तारीखदेखि शुरु हुँदैछ ।

Post Comments