News स्पेनलाई हराउँदै जापान समूह विजेता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपको समुह सी तर्फ प्रभावशाली जितका साथ जापान समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जापानले बलियो स्पेनलाई शून्यका विरुद्ध ४ गोलले हरायो र शतप्रतिशत जितका साथ शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो ।

३ खेलबाट ६ अंक जोडेको स्पेन भने दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्यो । यद्यपि जापान र स्पेनले आफ्नो तेस्रो खेल खेल्नु अघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए ।

समूह सी कै अर्को खेलमा जाम्बियाले कोस्टारिकामाथि ३–१ को जित निकाल्यो । तर यो खेल दुवै टोलीका लागि औपचारिक खेलका रुपमा मात्र रह्यो । यी दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले त्यो खेल प्रतिष्ठाको भिडन्तमा रुपमा रह्यो । जसमा जाम्बियाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

३ खेलबाट ३ अंक जोडेको जाम्बिया समूह सी को तेस्रो स्थानमा रहेर महिला विश्वकपको यात्रा सुखद रुपमा समापन गर्न सफल भयो । त्यस्तै एउटै खेल जित्न नसकेको कोस्टारिका भने समूहको पुछारमा रहेर प्रतियोगिता समापन गर्न बाध्य बन्यो ।

Post Comments