News देवदह र बेलबास उपाधिका लागि भिड्ने
सुरज राना मगर

तिलोत्तमा । देवदह ब्वाईज र बेलबास एफसी यहाँ जारी दोस्रो चपरहट्टी कपको फाइनलमा भिड्ने भएका छन् । शुक्रबार भएको दुई सेमिफाइनलतर्फ पहिलोमा देवदह र दोस्रोमा बेलबास विजयी हुँदै फाइनलमा उपाधि भिडन्त पक्का गरेका हुन् ।

तिलोत्तमा–१ चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा देवदहले घरेलु टोली सिद्धार्थ क्लबलाई ४–१ ले हरायो । देवदहको जितमा सुरज सुनार र सुरज चौधरीले दुई–दुई गोल गरे । पराजित सिद्धार्थका लागि अंकित रासकोटीले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा देवदहका सुरज सुनार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा बेलबासले लुम्बिनी तिलोत्तमा एफसीलाई शून्यका विरुद्ध २ गोलले हरायो । बेलबासको जितमा अजित गुरुङ र सदिप केसीले गोल गरे । खेलमा म्यान अफ द म्याच बेलबास कै सदिप केसी घोषित भए ।

फाइनल खेल यही साउन २१ गते आइतबारका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए । चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष हिमाल थापाले बताए ।

Post Comments