काठमाडौं । गत साता खुमलटारसँग ३–१ ले पराजित फ्रेण्डस क्लबले जारी यु–१६ ए डिभिजन लिगमा शुक्रबार महत्वपूर्ण जित हात पारेको छ । एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा फ्रेण्डसले मच्छिन्द्रलाई २–१ को अन्तरले निराश तुल्यायो ।
मच्छिन्द्रले भने तेस्रो चरणको लिग खेल खेल्न पाएको थिएन् । मच्छिन्द्रको तेस्रो चरणको प्रतिद्वन्द्वी न्युरोडटिम (एनआरटी) ले एन्फासँगको विवादका कारण छानविन नसकिंदासम्म लिग नखेल्ने अडान कायम राखेकाले त्यो खेल स्वतः अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको थियो ।
त्यस्तै लिग अन्तरगत साउन २० गते शनिबार तीन खेलहरु हुनेछन् । एन्फा कम्प्लेक्समा २ बजेदेखि हुने खेलमा खुमलटार र संकटा क्लब भिड्ने छन् । त्यस्तै १ बजे च्यासल स्टेडियममा हुने खेलमा आर्मीले पुलिसको सामना गर्नेछ भने सोही मैदानमा ४ बजेदेखि हुने खेलमा एपिएफ क्लबले चर्च ब्वाईजसँग प्रतिस्पर्धा गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान