News एएफसी कपका लागि काठमाडौं आइपुग्यो पारो
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको पहिलो चरणको छनौट खेल खेल्न भुटानी लिग च्याम्पियन पारो फुटबल क्लब शनिबार काठमाडौं आईपुगेको छ ।

पारोले यही साउन २३ गते (अगस्त ८ तारीख) का दिन नेपालको प्रतिनिधित्व गरिरहेको मच्छिन्द्र फुटबल क्लबसँगै एएफसी कपको पहिलो चरणको छनौट खेल खेल्दैछ । जुन दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ ।

साथै खेलको टिकटदर पनि यसअघि नै तोकिएको छ । जसअन्तरगत सामान्यतर्फ २०० र भिआईपीतर्फ ५०० टिकट मुल्य तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यस्तै टिकटहरु ईसेवामार्फत अनलाईन पनि खरिद गनृ सकिने एन्फाले जनाएको छ ।

स्मरण रहोस, पहिलो चरणको खेलमा जित हात पार्ने टोलील्े अगस्त १६ तारीखका दिन चर्चित भारतीय क्लब मोहन बगानसँग दोस्रो चरणको खेल खेल्ने कार्यक्रम छ ।

(तस्विरः पारो फुटबल क्लब)

Post Comments