News प्रथम त्रिवेणी कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दमक । त्रिवेणी युवा क्लब, दमक–३, झापाको आयोजनामा आउँदो साउन ३० गतेदेखि शुरु हुन गईरहेको प्रथम त्रिवेणी कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । ओम शान्ति चोकस्थित त्रिवेणी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा इस्ट स्टार स्र्पोटिङ क्लब र आयोजकको टोली भिड्ने खेलतालिकामा उल्लेख छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आगामी भदौ ७ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

Post Comments