News देवदहलाई चपरहट्टी कपको उपाधि
सुरज राना मगर

तिलोत्तमा । दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह ब्वाईजले जितेको छ । आइतबार सम्पन्न फाइनलमा देवदहले बेलबास एफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको फाइनल भिडन्तमा देवदहका लागि सुरज सुनार र सुरज चौधरीले एक–एक गोल गरे । देवदह कै सुरज चौधरी फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

विजेता बनेको देवदहले उपाधिसहित नगद ४१ हजार हात पार्यो भने उपविजेता बेलबासले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

देवदहका कप्तान नर बहादुर थापा पतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि देवदह कै बिष्णु पल्ली मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार बेलबासका अजित गुरुङले हात पारे ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा भएको प्रतियोगितामा कुल ४० टोलीहरुले सहभागिता जनाएको खेल संयोजक देव गुरुङले बताए । प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजक क्लबका अध्यक्ष हिमाल थापाले धन्यवाद र आभार समेत प्रकट गरे ।

Post Comments