
काठमाडौं (एजेन्सी) । खेलको अन्तिमतिर दश खेलाडीमा सिमित बनेर पनि इङल्याण्ड संघर्षपुर्ण जितका साथ जारी फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
सोमबार सम्पन्न पाँचौं प्रिक्वाटरफाइनलतर्फ इङल्याण्डले नाइजेरियालाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । अष्ट्रेलियन शहर ब्रिसबेनमा भएको निर्धारित समय र अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
टाईब्रेकरमा भने इङल्याण्डले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो । त्यस्तै खेलको अन्तिमतिर ८७औं मिनटमा इङल्याण्डकी स्टार मिडफिल्डर लाउरेन जेम्सले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि नाइजेरियाले त्यसको फाईदा उठाउन सकेन ।
अब इङल्याण्डले क्वाटरफाइनलमा मंगलबार हुने कोलम्बिया र जमैका बीचको सातौं प्रिक्वाटरफाइनल खेलको विजेतासँग १२ अगस्तका दिन अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा