News
शेर्पाका सहायक प्रशिक्षक ढुंगाना पनि विदेश प्रस्थान
काठमाडौं । गत सिजनको शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबको सहायक प्रशिक्षकको रुपमा काम गरेका निशान्त ढुंगाना पनि सुनिश्चित भविष्यका लागि विदेश पलायन भएका छन् ।
नेपालको विभिन्न युथ टोलीबाट समेत खेलिसकेका ढुंगाना अमेरिकातर्फ प्रस्थान गरेका हुन् । घरेलु फुटबलमा पनि जगदम्बा लुम्बिनी एफसी, रुपन्देही–११ जस्ता अन्य थुप्रै क्लबहरुबाट व्यवसायीक फुटबल खेलेका ढुंगाना पछिल्लो समय फुटबल प्रशिक्षणतर्फ लागेका थिए ।
एन्फा एकेडेमी बुटवलका उत्पादन समेत रहेका ढुंगाना कै ब्याचमा अहिलेका चर्चित फरवार्ड बिमल घर्ती मगरदेखि लिएर शिव सुवेदी, गौरव बुढाथोकी, सोजित गुरुङ जस्ता खेलाडीहरु पनि सामेल थिए ।
अमेरिकलाई आफ्नो गन्तव्य बनाए पनि नेपाली फुटबल र फुटबल प्रतिको लगावलाई भने जहाँ रहे पनि कायम राख्ने ढुंगानाले आफ्नो प्रतिक्रिया दिए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान