News
युवा प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान
काठमाडौं । छोटो समय मै राम्रो सफलता, अनुभव र अवसर हासिल गरेका युवा फुटबल प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् । एएफसी ए लाईसेन्स प्रशिक्षक गुरुङ मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।
केही महिना अघि मात्र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा नियुक्त भएका गुरुङले त्यसअघि संकटा क्लबको मुख्य प्रशिक्षक, राष्ट्रिय टोलीको सहायक प्रशिक्षक, एफसी खुमलटारको प्राविधिक निर्देशक जस्ता भूमिकामा रहेर पनि काम गरे ।
घरेलु फुटबलमा खेलाडीका रुपमा पनि राम्रो पहिचान बनाएका गुरुङको अष्ट्रेलिया उडानबारे विस्तृत रुपमा भने खुलाइएको छैन । यद्यपि निकट स्रोतका अनुसार उनले त्यहाँ प्रो लाइसेन्स कोर्ष गर्ने पनि बताइएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)