News डुरान्ड कपः जित नजिक पुगेर रोकियो आर्मी
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित डुरान्ड कपको १३२औं संस्करणमा सहभागिता जनाईरहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो पहिलो खेलमा जित नजिक पुगेर पनि बराबरीमा रोकिन बाध्य बनेको छ ।

समूह ई मा रहेको आर्मीले बुधबार आफ्नो पहिलो खेलमा दिल्ली एफसीसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । गुवाहाटीमा सम्पन्न खेलको ३९औं मिनटमा दिनेश हेन्जनको गोलबाट आर्मीले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

एक समय जितको संघारमा पुगेको आर्मीले अन्तिम केही मिनट सम्हालिन नसक्दा गोल खान पुगेको थियो । ८८औं मिनटमा गिरिक खोस्लाले दिल्लीका लागि बराबरी गोल फर्काउँदै आर्मीलाई बराबरीमा चित्त बुझाउन बाध्य पारेका थिए ।

आर्मीले समूह चरणको आफ्नो दोस्रो खेलमा आउँदो सोमबार इण्डियन सुपर लिग क्लब चेन्नईन एफसीसँग खेल्नेछ ।

Post Comments