News अष्ट्रेलियामा दिपकले पाए नयाँ क्लब
गोलनेपाल

काठमाडौं । केही दिन अभि मात्र सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया पुगेका नेपालका उदाउँदा फरवार्ड दिपकराज सिंह ठकुरीले अष्ट्रेलियामा पुग्ने बित्तिकै नयाँ क्लब पाएका छन् ।

दिपकले त्यहाँ सिड्नीमा रहेको वेस्ट युनाइटेड फुटबल क्लबका लागि खेल्ने भएका छन् । क्लबले पनि उनलाई आफ्नो नयाँ खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

स्मरण रहोस, गत सिजन ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबका लागि खेल्दै सर्वाधिक गोलकर्ताको होडमा एक्ला नेपाली खेलाडी बनेका दिपकले गत मार्चमा नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु पनि गरेका थिए ।

नेपाली फुटबलमा राम्रा सम्भावना बोकेका फरवार्डका रुपमा चिनिएका दिपकले छोटो समयमै विदेश पलायनको बाटो रोज्नुलाई जेपाली फुटबलका लागि दुर्भाग्यपुर्ण मानिएको छ ।

Post Comments