काठमाडौं । एक पछि अर्को नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु विदेश पलायन भईरहँदा त्यही सूचीमा बिहीबार थप तीन खेलाडीहरु थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवानले पनि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका छन् ।
केही दिन अघि मात्र नेपाली फुटबलका आशा लाग्दा फरवार्ड दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पुगेका थिए । त्यसो त अहिले नेपालका अधिकांक अन्तर्राष्ट्रिय खेलाडीहरु अष्ट्रेलिया पुगिसकेका छन् । जसमा सुजल श्रेष्ठ, रजिन धिमाल, दिनेश राजवंशी, तेज तामाङ, सन्तोष तामाङ, नितिन थापा, राजन गुरुङ, कमल थापा, सुनिल बल लगायत धेरै छन् ।
पछिल्लो समय घरेलु फुटबलमा नेखिएको नैराश्यता र फुटबलमा भविष्य अनिश्चित देखिएपछि धेरैजसो खेलाडीहरुले विदेश पलायनको बाटो रोजीरहेका छन् । त्यसमा धेरै खेलाडीहरुको रोजाई अष्ट्रेलिया बने तापनि अन्य देश पलायन हुने खेलाडीहरुको सूची पनि लामो बन्दैछ र यो क्रम निरन्तर जारी रहने देखिएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)