
शुक्रबारे । श्री रत्नदेवी युवा समाज, छथर गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला व्यवस्थापन समिति, शुक्रबारे, तेह्रथुमको आयोजनामा आउँदो भदौ १२ गतेदेखि छथर गाउँपालिका अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
छथर गाउँपालिकाको खेलमैदानमा हुने प्रतियोगिताको भदौ ८ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । जसमा १ हजार धरौटी रकम बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
छथर गाउँपालिका, तेह्रथुमको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २०–२० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसैगरी खेलमा पहेंलो कार्ड पाउने खेलाडील २५० र रातो कार्ड पाउने खेलाडीले ५०० तिर्नुपर्ने पनि आयोजकले जनाएको छ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने