News प्रथम स्व. बिमला स्मृति अन्तरसमाज फुटसल हुने
गोलनेपाल

पोखरा । "स्वास्थ्या नै जिवन हो,स्वास्थ्याको लागि खेलकुद" भन्ने नाराका साथ आउदो भदौ ६ र ७ गतेका दिन तमु प्ये ल्हु संघ केन्द्रिय युवा समिति पोखराद्वारा प्रथम स्व . बिमला स्मृति अन्तर समाज 6A Side फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरा तथा पोखरा आसपासमा रहेको तमु ( गुरुङ ) समाजहरुमा भाइचारा, समाज भित्र लुकेर रहेको गुरुङ खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्य लिई प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पैयुम फुटसल मैदानमा हुने प्रतियोगिता २ दिन सम्मा चल्ने र टिम दर्ता पनि खुल्ला गरिएको छ । प्रतियोगिताको लागि दर्ता शुल्क रु ५ हजार तोकिएको छ।

प्रतियोगिताको विजेताले उपधि सहित नगद ६० हजार हात पार्ने छ भने उपविजेताले नगद ३५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। व्यक्तिगत विधा तर्फ सर्वाधिक गोल कर्ता , उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडी लाई नगद २ हजार ५ सय सहित ट्रफि पुरस्कारको व्यवस्या गरिएको छ ।

Post Comments