News नेत्र गुरागाई स्मृति गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

म्याङलुङ । म्याङलुङ स्र्पोटिङ युवा क्लब, तेह्रथुमको आयोजनामा भदौ १४ गतेदेखि शुरु हुन गईरहेको नेत्र गुरागाई स्मृति गोल्डकप पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तरगत आयोजकले पुरुषतर्फको खेलतालिका सार्वजनिक गरेको छ ।

म्याङलुङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक म्याङलुङ स्र्पोटिङ युवा क्लब र सागुरगडी, धनकुटा भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा मेन्छ्यायेम गाउँपालिका र एपिएफ पुर्वाञ्चल भिड्ने छन् ।

कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ २१ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै महिलातर्फको खेलतालिका पनि छिटै प्रकाशित गर्ने खेल संयोजक राजाहाङ सुब्बाले जानकारी दिए । महिलातर्फको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments