News जात्रा नेपालको आयोजनामा खसी कप हुँदै
गोलनेपाल

काठमाडौं । जात्रा नेपाल, अमेरिकाको आयोजनामा आउँदो सेप्टेम्बर १० तारीखका दिन खसी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । टिमदर्ता शुल्क ४९९ डलर तोकिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ हजार डलर हात पार्नेछ भने उपविजेताले १ हजार डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments