News दश खेलाडीमा सिमित रोहितको टोली पराजित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन सुपर लिग (लिगा वान) मा रोहितको टोली पेर्सिक केदिरीले शनिबार सिजनको चौथो हार बेहोरेको छ । दश खेलाडीमा खुम्चिएका पेसिर्कले बारितो पुतेरासँग २–० ले हार बेहोरेको हो ।

३७औं मिनटमा मारियो यगालोले फल गरेपछि बारिटोले पेनाल्टीको अवसर पाएको थियो । मारियाले सोही बेला रातो कार्ड खाँदा ३८औं मिनटमा गुस्ताभो टोकान्टिन्सले पेनाल्टीबाट घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए ।

पहिलो हाफ मै दश खेलाडीमा खुम्चिएको पेर्सिकले खेलको अन्तिमतिर दोस्रो गोल खान पुगेको थियो । ८७औं मिनटमा माकन कोनाटेले दोस्रो गोल गर्दै बारिटोको जित सुनिश्चित गरेका थिए ।

यो हारपछि ९ खेलबाट ११ अंक जोडेको पेर्सिक लिगतालिकाको १२औं स्थानमा छ । उता जित हात पारेको बारिटो भने १७ अंकका साथ दोस्रो स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल २५ अगस्त शुक्रबार पिएसआइएस सेमाराङ विरुद्ध खेल्नेछ ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FPersikfcofficial%2Fposts%2Fpfbid02FTHNaSrA5QknXwii9TEC2djb7pX4aKEbhCKG2Ap8uDSBE5KQRJAjgNQsmoZSLpCMl&show_text=true&width=500" width="500" height="250" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments