News मनिषको टोली रायोङ पराजित
गोलनेपाल

काठमाडौं । थाइ लिग टु मा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार मिडफिल्डर मनिष डाँगीको टोलीले लिगतर्फ आइतबार पहिलो हार बेहोरेको छ । लिगको तेस्रो खेलमा पहिलो हार बेहोर्ने क्रममा रायोङले पताया युनाइटेडसँग १–० ले निराश बन्न पुग्यो ।

पतायाको घरेलु मैदानमा भएको खेलको २७औं मिनटमा जुडिभान डा सिल्वाले पेनाल्टीबाट गरेको एक मात्र गोल घरेलु टोलीलाई जित दिलाउन निर्णायक बन्यो । रायोङको पहिलो रोजाईमा रहेरै खेलेका मनिषले टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

यो नतिजापछि तीन खेलबाट ६ अंक जोडेको रायोङ लिगतालिकाको पाँचौं स्थानमा छ । उता पताया युनाइटेड भने समान अंक भए तापनि गोलभिन्नताका आधारमा रायोङभन्दा एक स्थान माथि चौथो स्थानमा छ ।

रायोङले आफ्नो आगामी खेल आउँदो सेप्टेम्बर २ तारीख शनिबार नाखोन सी युनाइटेडसँग खेल्नेछ ।

 

Post Comments