News
सक्सेसलाई लखन कपको उपाधि
घोराही । दाङमा सम्पन्न लखन कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सक्सेस क्लबले जितेको छ ।
घोराही स्थित भरतपुर खेलमैदानमा भएको फाइनल भिडन्तमा सक्सेसले युएनबिसीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको सक्सेसले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेताले युएनबिसीले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।
नेपाल मगर संघ दाङको आयोजनामा गत फागुन २ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा