News फुटसल एसियन कप छनौटका लागि नेपालले दक्षिण कोरियामा अभ्यास गर्ने
गोलनेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसका लागि थप अभ्यासका लागि दक्षिण कोरिया जाने भएको छ । सो कुराको आधिकारिक रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ ।

एन्फाका अनुसार नेपाली फुटसल टोलीले दक्षिण कोरियामा तीन दिन तयारीसँगै अभ्यास गर्नेछ । साथै तीन दिने बसाईका क्रममा नेपाली फुटसल टोलीलाई आवश्यक सहयोग गर्न एन्फाले एनआरएनए दक्षिण कोरियालाई अनुरोधसहित पत्राचार गरेको छ । एनआरएनए दक्षिण कोरियाबाट टोलीलाई आवश्यक सहयोग मिल्ने अपेक्षा पनि एन्फाले गरेको छ ।

कोरिया बसाईका क्रममा नेपाली फुटसल टोलीले अक्टुबर २ र ४ तारीखका दिन दक्षिण कोरियाली फुटसल क्लबहरुसँग मैत्रीपूर्ण म्याच खेल्ने पनि एन्फाले जनाएको छ । त्यसपछि नेपाली टोली ५ अक्टुबरका दिन मंगोलियातर्फ प्रस्थान गर्नेछ ।

आउँदो अक्टुबर ७ देखि ११ तारीखसम्म मंगोलियामा हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले आयोजक मंगोलियासँगै बलियो भियतनाम र दक्षिण कोरिया विरुद्ध खेल्नेछ ।

 

Post Comments