News साफ यु–१६ च्याम्पियनसिप एक दिन सर्यो (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपको मिति एक दिन पर सरेको छ । यसअघि प्रतियोगिताको उद्घाटन सेप्टेम्बर १ तारीखका दिन हुने भनिए तापनि अब नयाँ मिति अनुसार प्रतियोगिताको उद्घाटन सेप्टेम्बर २ तारीखका दिन हुनेछ ।

भुटान फुटबल फेडरेशनले नयाँ खेलतालिका पनि सार्वजनिक गरेको छ । साथै फेडरेशनले विविध कारणले खेलतालिकामा परिवर्तन गरिएको बताएको छ । चाहङलिमिथाङ स्टेडियममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ए तर्फबाट बंगलादेश र भारत भिड्ने छन् । त्यस्तै सोही दिन समूह बी तर्फको खेलमा पाकिस्तान र भुटान भिड्ने छन् ।

प्रतियोगिताको समूह ए तर्फ नेपाल, भारत र बंगलादेश रहेका छन् भने समूह बी मा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल १० सेप्टेम्बरका दिन हुनेछ ।

Post Comments