News पाकिस्तानसँग भुटान निराश
गोलनेपाल

काठमाडौं । भर्खरै मात्र फिफाको प्रतिवन्धबाट फुकुवा भएको पाकिस्तानले शनिबारदेखि शुरु साफ यु–१६ च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको समूह बी तर्फको पहिलो खेलमा पाकिस्तानले आयोजक भुटानलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलमा शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै पाकिस्तानले रोमाञ्चक जित दर्ता गर्यो । खेलको १३औं मिनटमा टान्डिन फुङ्सोको गोलबाट भुटानले खेलमा सनसनीपूर्ण अग्रता लिएको थियो ।

तर खेलमा पाकिस्तानले रोमाञ्चक पूनःरागमन गर्यो । १७औं मिनटमा कप्तान उबैद उल्लाह खानले पाकिस्तानका लागि बराबरी गोल फर्काए । लगतै शुभान करिमले दोस्रो गोल गर्दै पाकिस्तानी टोलीको जित पहिलो हाफ मै सुनिश्चित गरे ।

यो जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । पाकिस्तानले आफ्नो आगामी खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ भने भुटानले पनि बुधबार माल्दिभ्ससँगै खेल्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments