News पहिलो खेल मै नेपाल पराजित
गोलनेपाल

काठमाडौं । भुटानमा जारी साफ यु–१६ च्याम्पियनसिपतर्फ समूह ए मा रहेको गत संस्करणको उपविजेता नेपालले आफ्नो पहिलो खेल मै हार बहोरेको छ । सोमबार भएको समूह ए तर्फको दोस्रो खेलमा नेपालले बंगलादेशसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको हो ।

थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलको ४७औं मिनटमा अशिकुर रहमानले गरेको एक मात्र गोल बंगाली टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावनालाई कायम राखेको छ ।

स्मरण रहोस, बंगलादेशले आफ्नो पहिलो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो । नेपालले अब आफ्नो निर्णायक खेलमा बुधबार भारतसँग खेल्नेछ । जुन खेलमा नेपाललाई जित्नपर्ने दबाब पनि हुनेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments