News देवदह ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । सहज जितका साथ देवदह ब्वाईज यहाँ जारी प्रथम मदन भण्डारी कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–७ स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा देवदहले एमएफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

देवदहको जितमा सुरज थारुले दुई गोल गरे भने थप एक गोल कप्तान नर बहादुर थापाले गरे । खेलमा देवदहका लागि दुई गोल गरेका सुरज थारु म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत भदौ २० गते बुधबारका दिन दुई सेमिफाइनल खेल हुने खेल संयोजक सागर रसाइलीले जानकारी दिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक कमिटीका अध्यक्ष गौरव क्षेत्रीले बताए ।

Post Comments