News एन्फा अध्यक्ष र महासचिवको बर्खास्तीको माग
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा बेतिथी र विवादको चाङ थुपिएकै समयमा फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा महासचिवको बर्खास्तीको माग गरेको छ ।

पूर्व एन्फा अध्यक्ष समेत रहेका फुटबल क्लब संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा अध्यक्ष र महासचिवको बर्खास्तीका लागि विभिन्न क्लब र संघहरुको गरी ४९ सदस्यीय हस्ताक्षर र निवेदन बुझाएका छन् ।

अध्यक्ष शेर्पाले आफूहरु सबै सचेत भई नेपाली फुटबललाई सही ट्रयाकमा ल्याउन यो निर्णय लिइएको बताएका छन् । यसबारे एन्फाको प्रतिक्रिया आउन भने बाँकी छ ।

Post Comments