News यु–२३ एमेच्योर फुटसल असोज २३ देखि
उमेश पुन

पोखरा । राजकुमार श्रेष्ठको आयोजनामा आउँदो असोज २३ र २४ गतेका दिन प्रथम यु–२३ सिक्स ए साईड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा–१० हस्पिटल चोक स्थित पाइयुम फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ ।

साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगितामा ए, बी र सी लिग तथा फुटसल लिग खेलेका खेलाडीहरुलाई सहभागिता जनाउन पाउने छैनन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments