News मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि
गोलनेपाल

धरान । शनिबार सम्पन्न २२औं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

धरान रंगशालामा भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

मनाङका लागि खेलको ११औं मिनटमै दयानन्द सिंहले गोलको खाता खोलेका थिए । त्यस्तै थप दुई गोल भने ४९ र इन्जुरी समयको ९३औं मिनटमा बिमल रानाले गरे । उता पराजित पुलिसका लागि एक मात्र गोल भोला सिलवालले गरेका थिए ।

मनाङका सुरज बिक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत एक थान स्कुटी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच मनाङ कै अन्जन बिष्ट चुनिए ।

विजेता बनेको मनाङले उपाधिसहित नगद १० लाख हात पारेको छ भने उपविजेता पुलिसले ५ लाखमा चित्त बुझाएको छ ।

धरान फुटबल क्ल्ब, सुनसरीको आयोजनामा यहि फागुन १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments