सर्लाही । चौथो राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यहि फागुन २२ गतेदेखि शुरु हुने भएको छ ।
बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १२ टोलीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा सहभागि टोलीहरु नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, न्युरोडटिम (एनआरटी), उर्गेन एकेडेमी फुटबल क्लब, भुटान, कञ्चनजंगा एफसी, भारत, आयोजक बागमती नगरपालिका (रातो), प्लानिङ ब्वाईज, सुदुरपश्चिम–११, ब्वाइज युनियन, चितवन–११, जन जागृति युवा क्लब, आयोजक बागमती युवा क्लब (निलो) रहेका छन् ।
बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार प्रदान गरिनेछ भने सर्लाही कै एक सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम र रेडियो बागमती रहेका छन् ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा