News प्रथम जहरसिंह पौवा कप असोज तेस्रो सातादेखि
गोलनेपाल

काठमाडौं । आउँदै गरेको महान चाड विजयादशमीको अवसर पारि जहरसिंह पौवा युवा क्लबको आयोजनामा आउँदो असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म प्रथम जहरसिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

शंखरापुर–३, जहरसिंह पौगा, काठमाडौं स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५० हजार पाउने आयोजकले जानकारी दियो ।

त्यसैगरी विद्यागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments