News वडा ११, १९, १५ र ८ लाई सफलता
गोलनेपाल

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति काठमाडौं महानगरस्तरीय अन्तर वडा फुटसल प्रतियोगितामा बिहिबार वडा नं ११, वडा नं १९, वडा नं १५ र वडा नं ८ ले जित हात पारेका छन् ।

लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा वडा नं ११ ले वडा नं २९ लाई १–० ले हरायो । वडा नं ११ का लागि विक्रम महर्जनले निर्णायक गोल गरे ।

दोस्रो खेलमा वडा नं १९ ले वडा नं २ लाई टाइब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारीत समयको खेल १–१ ले बारबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो ।

यसैगरी, तेस्रो खेलमा वडा नं १५ ले वडा नं ६ लाई २–० र चौथो खेलमा वडा न ८ ले वडा नं ३१ लाई ३–२ ले हरायो । विजयी चारै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् । शुक्रबार वडा नं ७ र वडा नं ३२, वडा नं १ र वडा नं २७, वडा नं २५ र वडा नं १७ तथा वडा नं २० र वडा नं ९ बीच खेल हुनेछन् ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

Post Comments