News अग्रता लिएर पनि रोकियो किरणको टोली पञ्जाब
गोलनेपाल

काठमाडौं । पञ्जाब एफसीबाट चर्चित हिरो इण्डियन लिग (आइ लिग) मा व्यवसायीक फुटबल खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली शनिबार बराबरीमा रोकिएको छ ।

कोजिकोडेमा भएको खेलमा पञ्जाबले घरेलु टोली गोकुलम केरला एफसीसँग १–१ को बराबरी खेल्यो । खेलको ३३औं मिनटमा डिपान्डा डिकाको गोलबाट पञ्जाबले खेलमा अग्रता लिएको थियो ।

तर दोस्रो हाफको ६३औं मिनटमा नाथनिल गार्सियाले केरलाका लागि बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । जुन १–१ को नतिजा नै खेलको फाइनल स्कोर बन्न पुग्यो ।

यो नतिजापछि १४ खेलबाट २२ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मोहन बगान ३२ अंकका साथ शिर्ष स्थानमा छ । उता केरला भने १३ खेलबाट १८ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments