News तेस्रो फ्रेण्डसीप कप असोज २० देखि
गोलनेपाल

म्याग्दे । फ्रेण्डसीप युवा क्लब, म्याग्दे–१, गुणादी, तनहुँको आयोजनामा यही असोज २० गतेदेखि तेस्रो फ्रेण्डसीप कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

‘खेलकुद विकासमा युवाहरुको सहभागिता’ भन्ने नाराका साथ आउँदै गरेको विजयादशमी तथा दिपावलीको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको छ ।

म्याग्दे–१ तनहुँ स्थित गुणादी खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १,२३,४५६ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६७,८९० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments