News तेस्रो मालिकादेवी कप असोज २७ देखि
गोलनेपाल

चौतारा । मेलचौर युवा जागरण समाज, चौतारा साँगाचोकगढी ( ७, सिन्धुपाल्चोकको आयोजनामा यही आउँदो असोज २७ गतेदेखि तेस्रो मालिकादेवी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

मेलचौर दरबारडाँडा खेलमैदानमा हुने प्रतियोगिताको यही असोज २४ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । खेलतालिका भने असोज २६ गते प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments