News बडा दशैं कप मिनी पोष्ट फुटबल प्रतियोगिता हुने
गोलनेपाल

बिराटनगर । जनपथ फुटबल एकेडेमी, बिराटनगर, मोरङको आयोजनामा असोज १५ देखि २२ गतेसम्म बडा दशैं कप सेभेन ए साईड मिनी पोष्ट फुटबल प्रतियोगिता हुने भएको छ ।

डिग्री कलेज खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments