News
दोरम्बा शैलुङ शहिद स्मृति कप कार्तिक पहिलो सातादेखि
टोकरपुर । दोरम्बा शैलुङ स्पोर्टस क्लब, रामेछापको आयोजनामा आगामी कार्तिक ८ गतेदेखि दोरम्बा शैलुङ शहिद स्मृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख प्राप्त गर्दा सान्त्वना पुरस्कार २५ हजार रहेको आयोजकले जानकारी दियो ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ हजारका दरले नगद र ट्रफीसहित पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- २८औँ भुजि लिग रनिङ शिल्डको दोस्रो दिनमा ८ खेल सम्पन्न
- भुजि लिग रनिङ सिल्डको २८औँ संस्करण सुरु, पहिलो दिन ६ खेल सम्पन्न,
- दीपशिखा ब्वाइज युनाइटेड लगातार दोस्रो पटक रामेछाप कप च्याम्पियन
- चौथो रामेछाप कपको फाइनलमा आयोजक दीपशिखा ब्वाइज र न्यू स्टार भिड्ने
- चौथो रामेछाप कप: रिभरसाइडको शानदार जित, आकाशे ब्वाइज सेमिफाइनलमा