News प्रथम नवज्योति कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बाह्रदशी । नवज्योति युवा परिवार, बाह्रदशी–६, झापाको आयोजनामा यही असोज ६ गतेदेखि शुरु हुन गईरहेको प्रथम नवज्योति कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भईसकेको छ । बाह्रदशी किरात रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिर्तामोड युनाइटेड एफसी र जलथल एफसी भिड्ने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागि कुल १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । साथै प्रतियोगिताको फाइनल खेल असोज १४ गतेका दिन हुने पनि खेलतालिकामा उल्लेख छ ।

Post Comments