News दोस्रो चन्द्रपुर च्यालेञ्ज कप असोज अन्तिम सातादेखि
गोलनेपाल

चन्द्रपुर । ‘लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड’ भन्ने नारासहित यही असोज अन्तिम सातादेखि दोस्रो चन्द्रपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

चन्द्रपुर स्थित चिडियादह खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगिता यसै महिनाको अन्तिम सातादेखि हुने भनिए तापनि मिति भने छिटै घोषणा गरिने आयोजकले जनाएको छ ।

चिडियादह स्टार क्लब, चन्द्रपुर–५, रौतहटको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments