News चन्द्रपुर मेयर गोल्डकप फागुन २७ देखि (खेलतालिकासहित)
गोलनेपाल

चन्द्रनिगाहपुर । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराका साथ यही फागुन २७ गतेदेखि चन्द्रपुर मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पूरा हुनुका साथै खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

चन्द्रपुर–४ स्थित तुल्सीलाल अमात्य स्मृति रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिरगंज युनाइटेड, पर्सा र गोलबजार स्पोर्टस क्लब, सिराहा भिड्ने छन् ।

चन्द्रपुर नगरपालिका, रौतहटको संराक्षकत्व तथा नेपाल खेलकुद क्लब, चन्द्रनिगाहपुर, रौतहटको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल चैत्र ४ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments