News सप्तकोशी अमाह सिमसार च्यालेञ्ज कपको सेमिफाइनलमा
गोलनेपाल

भलुवाचौरी । रोमाञ्चक जितका साथ सप्तकोशी फुटबल क्लब यहाँ जारी प्रथम अमाह सिमसार च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सप्तकोशीले प्रकाशपुर फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सप्तकोशीको जितमा रितेश माझी र रोजन रोक्काले गोल गरे । पराजित प्रकाशपुरका लागि सुनिल खड्काले गोल गरेका थिए ।

प्रतियोगिता अन्तरगत असोज ८ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक इन्द्रेणी फुटबल क्लब र रामधुनी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

इन्द्रेणी क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १३ गतेका दिन हुनेछ ।

Post Comments