News आर्मीबाट अलग भए विकास
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका भरपर्दा युवा डिफेन्डर बिकास खवास विभागीय क्लबबाट अलग भएका छन् । बिकासले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत क्लबबाट अलग भएको कुरा घोषणा गरेका हुन् ।

विकासले आफ्नो आगामी योजना र गन्तव्यबारे नखुलाए तापनि आर्मी क्लबसँगको सहकार्य अविष्मरणीय र विशेष रहेको बताएका छन् । युथ टोली हुँदै वि.सं. २०७४–७५ को सिजनमा आर्मीको सिनियर टोलीका लागि ए डिभिजन लिगमा डेब्यु गरेका विकासले त्यसयता नियमित जसो महत्वपूर्ण सदस्यका रुपमा रहँदै आएका थिए ।

आर्मीबाटै खेल्ने क्रममा राष्ट्रिय टोलीमा समेत स्थान बनाएका विकासले पछिल्लो समय चोटको समस्या पनि झेलिरहेका थिए । आर्मी क्लबबाट अलग भएको घोषणा गरेका विकासले क्लबसँगको हालसम्म सहकार्य गर्दा आफूलाई सहयोग, साथ र समर्थन गर्ने सबैलाई आभार र धन्यवाद समेत प्रकट गरेका छन् ।

Post Comments