News एसियन गेम्सको अन्तिम १६ मा भारतको प्रतिद्वन्द्वी साउदी अरेबिया
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चीनमा जारी १९औं एसियन गेम्सको पुरुष फुटबलतर्फ नकआउट (अन्तिम १६) चरणमा प्रवेश गर्ने भारत एक्लो दक्षिण एसियाली टोली बनेको छ ।

नकआउट चरणमा भारतले बलियो साउदी अरेबियालाई प्रतिद्वन्द्वीका रुपमा समेत पाएको छ । जुन खेल आउँदो सेप्टेम्बर २८ तारीख बिहीबार हुनेछ । यद्यपि नकआउट चरणका खेलहरु बुधबारदेखि शुरु हुँदैछन् ।

प्रतियोगिताको समूह ए मा रहेको भारतले खेलेको तीन खेलमध्ये एकमा जित, एकमा बराबरी र एकमा हार बेहोर्दै कुल ४ अंकसहित समूहको दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो ।

समूह ए बाट भारतबाहेक चीन र म्यानमारले पनि नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् । नकआउट चरणमा चीनले कतार तथा म्यानमारले जापानलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

भारत, चीन र म्यानमारसँगै समूह ए मै रहेको अर्को दक्षिण एसियाली टोली बंगलादेश भने एउटै खेल नतिजी समूह चरणबाटै बाहिरियो । स्मरण रहोस, यसपटक एसियन गेम्सको पुरुष फुटबलतर्फ दक्षिण एसियाबाट भारत र बंगलादेशले मात्र सहभागिता जनाएका थिए ।

Post Comments