News रेसिङ सहाराको वरिष्ठ उपाध्यक्षमा मल्ल र उपाध्यक्षमा अधिकारी नियुक्त
गोलनेपाल

कोहलपुर । मोफसलको फुटबलमा आफ्नो फरक पहिचान बनाएको रेसिङ सहारा क्लब, कोहलपुर, बाँकेले क्लबमा दुई नयाँ पदाधिकारीहरुलाई नियुक्त गरेको छ ।

क्लबको वरिष्ठ उपाध्यक्षमा सन्तोष बम मल्ल र उपाध्यक्षमा सुरेश अधिकारीलाई नियुक्त गरिएको क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

स्मरण रहोस, हाल रेसिङ सहारा क्लब दोस्रो कोहलपुर गोल्डकपको तयारीमा जुटेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही असोज २६ गतेदेखि प्रतियोगिता आयोजना गर्न मिति दिएपछि क्लब तयसकै लागि तयारीमा जुटेको हो ।

क्लबले प्रतियोगिताको पहिलो संस्करण पनि सफलताका साथ सम्पन्न गरिसकेको छ । साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पन रहेको छ ।

Post Comments