काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को नवप्रवेशी टोली बिरगंज युनाइटेड फुटबल क्लबले गोलरक्षक दिप कार्कीलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।
राष्ट्रिय टोलीका सदस्य समेत रहिसकेका दिपले पहिलो संस्करण पोखरा थण्डर्सका लागि खेलेका थिए । यही असोज १९ गते सुपर लिगका लागि खेलाडीहरुको लिलामी हुने भएसँगै क्लबहरुले आफ्नो मार्की खेलाडीहरुलाई पनि सार्वजनिक गरिरहेका छन् ।
साविक विजेता काठमाडौं रेजर्सले हिसुब थपलिया, झापा एफसीले अन्जन बिष्ट, एफसी चितवनले बिशाल श्रेष्ठ, ललितपुर सिटीले अनन्त तामाङ, बुटवल लुम्बिनी एफसीले एरिक बिष्ट तथा धनगढी एफसीले आशिष चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा घोषणा गरिसकेको छ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगको दोस्रो संस्करणमा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदैछन् ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि