News सप्तकोशी फाइनलमा, उपाधिका लागि पञ्चायनसँग भिड्ने
गोलनेपाल

भलुवाचौरी । सप्तकोशी फुटबल क्लब यहाँ जारी प्रथम अमाह सिमसार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न भएको दोस्रो सेमिफाइनलमा सप्तकोशीले बेलटार युनाइटेडलाई टाईब्रेकरमा ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

सप्तकोशीले अब फाइनलमा पञ्चायन फुटबल क्लबसँग असोज १३ गते शनिबारका दिन उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

क्ष्न्द्रेणी क्लब, बराहक्षेत्र, भलुवाचौरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments